समाचारआइतबार, भाद्र ३०, २०७०
द्वन्द्वकालीन ४५ अत्याधुनिक हतियार बरामद
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले ३० भदौमा नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर टुइन्च मोर्टार एक थान र ४४ थान थ्रीनटथ्री राइफल बरामद गरेको जानकारी दिएको हो ।
टुइन्च मोर्टार नेपाली सेनाले मात्रै प्रयोग गर्दै आइरहेको थियो । मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी राजेन्द्रसिंह भण्डारीले बोरामा लुकाएर राखेको हतियार गोप्य सूचनाको आधारमा प्रहरीले बरामद गरेको जानकारी दिए ।
भण्डारीले आसन्न संविधानसभा निर्वाचन प्रभावित पार्ने उद्देश्यले हतियार एकदुई दिन अघि मात्रै लुकाएर राखिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रिम्नाको संयुक्त टोलीले ३० भदौ बिहान २ बजेतिर ती हतियार बरामद गरेको हो ।
तुफान न्यौपाने, नेपालगञ्ज
