समाचारसोमबार, भाद्र ३१, २०७०

बन्दले जनतालाई सास्ती

हिमालखबर

४ मंसीरका लागि तोकिएको संविधानसभा निर्वाचनको विरोधमा रहेको नेकपा–माओवादीले ३१ भदौमा लुम्बिनी, गण्डकी, धौलागिरि र राप्ती अञ्चल बन्दको आह्वान गरेको हो ।

बन्दका कारण बिहानैदेखि यस क्षेत्रका कुनै पनि लामो तथा छोटोदूरीका सवारीसाधन चलेका छैनन् भने बजार र पसल पनि बन्द छन् । बन्दका कारण सरकारी तथा निजी शिक्षण संस्था बन्द छन् ।

बन्द सफल पार्न भन्दै बिहानैदेखि नेकपा–माओवादीका कार्यकर्ता बजार क्षेत्रका चोकचोकमा लाठी लिएर खटिएका छन् ।
बिहान ५ बजेदेखि आह्वान गरिएको बन्द साँझ ५ बजे सकिने नेकपा–माओवादीले जनाएको छ ।

३० भदौमा माओवादीले आह्वान गरेको पूर्वका जिल्ला बन्दका क्रममा दोलखा र काभ्रेमा स्थानीयले बन्दको प्रतिकार गरेका थिए । स्थानीय प्रतिकारमा ओर्लिएपछि उत्तेजित भएका माओवादी कार्यकर्ताले धुलिखेलमा यात्रुबाहक बसमा आगजनी गर्नुका साथै पत्रकारमाथि आक्रमण गरेका थिए । दोलखामा भने कुनै अप्रिय घटना नभएरै बजारहरु खुल्ला भए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>