थप समाचारसोमबार, भाद्र ३१, २०७०
मकाउमा मृत्यु भएका बिश्वका परिवारलाई सहयोग

मृतक बिश्व बहादुरकी श्रीमती कल्पनालाई चेक हस्तान्तरण गर्दै त्रिलोक गुरुङ। तस्बीर:डम्बरकृष्ण श्रेष्ठ/हिमालखबर
लमजुङ घर भई ललितपुरको कुसुन्तीमा रहदै आएका मृतककी श्रीमती कल्पना बसौलालाई उक्त रकम गैरआवासीय नेपाली महासंघ (एनआरएन)का एशिया प्यासफीक संयोजक त्रिलोक गुरुङले हस्तान्तरण गरे । उक्त रकम मध्ये रु. १ लाख ९ हजार गुरुङकै कम्पनी एकता इण्टरनेशनल प्राली र बाँकी रकम बसौला कार्यारत मकाउकै ग्रुप फोर सेक्युरिटीमा कार्यारत कर्मचारीहरुले संकलन गरेका थिए ।
५ वर्ष अघि रोजगारीका लागी एसकम कम्पनी ललितपुरबाट मकाउ पुगेका पुर्व नेपाली सैनिक बिश्वबहादुरका परिवारले हालसम्म रु. १७ लाख बराबरको आर्थीक सहयोग प्राप्त गरिसकेकाछन् । उनकी श्रीमती कल्पनाका अनुसार श्रीमान कार्यारत कम्पनी जीफोरएस, एनआरएन, बैदेशकि रोजगार विभाग तथा मकाउमा कार्यारत अन्य नेपालीहरुबाट सहयोग उपलब्ध भएको हो । प्राप्त भएको रकम बैंकमा जम्मागरी १४ र ११ वषृका छोरी विकीना र छोरा विपीनको शिक्षा तथा पालन पोषणमा खर्च गर्ने उनले बताईन् ।
मृतकका परिवारलाई रकम हस्तान्तरण गरेपछि एनआरएन एशिया प्यासीफकि संयोजक त्रिलोक गुरुङले आफुले विगत १० वर्षदेखी मकाउमा ब्यावसाय गरिरहेको र मानवताको नाताले मृतकका परिवारका लागी सहयोग जुटाएको बताए ।

