समाचारसोमबार, भाद्र ३१, २०७०
निर्वाचानबारे रेग्मी र राणाको छलफल
आगामी ४ मंसीरका लागि निर्धारित संविधानसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न लिइने सुरक्षा रणनीति र सुरक्षा प्रबन्धबारे मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र प्रधानसेनापति गौरब शम्शेर जबराबीच छलफल भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
३१ भदौमा प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानसेनापति राणाले देशको पछिल्लो सुरक्षा अवस्थाबारे अध्यक्ष रेग्मीलाई जानकारी गराउनुका साथै संविधानसभा निर्वाचनलाई निर्धारित मितिमै स्वतन्त्ररुपमा सम्पन्न गर्ने निरन्तर छलफल जारी राख्ने विषयमा कुरा भएको बताइएको छ ।
प्रधानसेनापति राणाले आफ्नो हालैको बेलायत भ्रमणबारे पनि जानकारी गराएका थिए ।
