थप समाचारमंगलबार, आश्विन १, २०७०
फोरम गणतान्त्रिकका सिंह सद्भावनामा
सदभावना पार्टी केन्द्रीय कार्यालय नयाँबानेश्वरमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र महतोले गोरखापत्र संस्थानका अध्यक्ष एवम् मधेशी जनाधिकार फोरमका केन्द्रीय सदस्य रामकिशोर सिंहलाई स्वागत गर्दै पार्टी सदस्यता वितरण गरेको सदभावना केन्द्रीय सदस्य उपेन्द्र यादवले जानकारी दिएका छन् ।
उपेन्द्र महतोका अनुसार राष्ट्रिय मधेश समाजवादी पार्टीकी मितु देव, तराई मधेश लोकतान्त्रिक पार्टीका डा गुणानन्द पाठक, इञ्जिनियर तराकान्त झा र रामदेव हाथी पनि सदभावना पार्टीमा प्रवेश गरेका छन् ।
