समाचारबुधबार, आश्विन २, २०७०
रेग्मी र निर्वाचन आयोगबीच छलफल
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसहितको आयोगको टोली र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीबीच निर्धारित मितिमा संविधानसभाको निर्वाचन सम्पन्न गर्ने विषयमा केन्द्रित रहेर २ अशोज विहान छलफल भएको छ ।
रेग्मीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा निर्वाचनको तयारी र आवश्यक सुरक्षा प्रबन्धका बारेमा विस्तृत छलफल भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।
तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने सुनिश्चितता प्रदानका साथै निर्वाचनसम्बन्धी काम कारबाही र गतिविधिलाई तीव्रता प्रदान गरी अघि बढ्ने विषयमा समेत छलफल भएको थियो ।
आयोगका आयुक्त डा रामभक्त पिभी ठाकुरले निर्वाचनको तयारीका बारेमा आयोग र सरकारले शान्ति सुरक्षा, निर्वाचनको तयारीसहित हालसम्म गरेको प्रगतिका बारेमा छलफल भएको जानकारी दिए ।
रासस
