समाचारबुधबार, आश्विन २, २०७०
बैद्यको चार बुंदे झुट र छलछामः विजुक्छे
भक्तपुर ट्रक व्यवसायी सङ्घको वार्षिक साधारणसभालाई २ असोजमा सम्बोधन गर्दै प्रधानन्यायाधीशबाट मन्त्रिपरिषद् अध्यक्षले राजीनामा दिँदैमा दलहरुबीच सहमतीय सरकार गठन हुने अवस्था समेत नरहेको बताएका छन् । उनले सहमतिका लागि भन्दै नेकपा–माओवादीले राखेको ४ बुँदे शर्त निर्वाचन हुन नदिने बाहना मात्रै भएको दाबी गरे ।
बिजुक्छेले भने, “वैद्यजीको चारबुँदे प्रस्ताव झुट, छलछाम र जालसाजी हो, चैतमा चुनाव सार्ने भन्दै धोका दिने नियत हो ।’
उनले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीसको पदबाट राजीनामा गरे सरकार प्रमुखको औचित्य नै समाप्त हुने बताए । रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु आवश्यक नरहेको विजुक्छेको भनाई छ ।
दलहरुले महिनौंसम्म पनि सहमतीय सरकार गठन गर्न नसकेपछि प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरेको भन्दै विजुक्छेले थपे, “माओवादीले भनेजस्तो दलहरुबीच सहमतीय सरकार बन्ने हो भने पहिल्यै बन्थ्यो तर, चार महिनासम्म दलहरुबीच सहमति नहुँदा प्रधानन्यायाधीश रेग्मीलाई सरकार प्रमुख बनाउनु परेको हो ।”
अव सहमति र वार्ताको नाममा छलछाम नगरी सबै दलहरु निर्वाचन केन्द्रित हुनुपर्ने उनको भनाई थियो ।
