थप समाचारबिहीबार, आश्विन ३, २०७०

हतियार देखाएर तर्साउने पूर्वलडाकु प्रहरी नियन्त्रणमा

हिमालखबर

रुपन्देहीको मक्रहरमा २ असोज राति स्थानीयवासीलाई हतियार देखाउँदै आतंकित पार्ने मक्रहर–¬६ मद्रानी बस्ने ३२ वर्षीय रमेश चौधरी, देवदह–४ खैरेनी बस्ने २५ वर्षीय शालिकराम चापागाईं र २१ वर्षीय कृष्ण अर्याललाई कटुवा पेस्तोल एक थान, थ्री नट थ्री राइफल एक थान र गोली एक राउन्डसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

चौधरीसँग लु ५ प ७३७५ नम्बरको मोटरसाइकलमा आएका उनीहरूले स्थानीयवासीसँग वादविवाद गरी हातपातसमेत गरेका थिए । उनीहरूलाई स्थानीय टोल सुरक्षा समितिका पदाधिकारीले राति सोधपुछ गर्दा हातपात गर्दै दुई राउन्ड फायर गर्दै उनीहरू भागेका थिए । उनीहरूको आक्रमणबाट टोल सुरक्षा समितिका सदस्य मक्रहर–८ का काजिमान खत्री घाइते भएका छन् ।

माओवादीका पूर्वलडाकुसमेत रहेका चौधरी यसअघि हातहतियार मुद्दामा सजायपछि छुटेका व्यक्ति हुन् भने चापागाईं सार्वजनिक अपराधका फरार अभियुक्त हुन् ।

मक्रहरमा चौधरीको घरमा झगडा गरी आर्याल र चापागार्इं फायरिङ गर्दै केरवानी गाविसतर्फ फरार भएका थिए । स्थानीय टोल समितिको खबरपछि राति १ बजे चौधरीलाई उनको घरबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलको टोलीले अर्याल र चापागाईंलाई ३ असोज बिहान ४ बजे देवदह गेस्ट हाउसबाट नियन्त्रणमा लिएको हो । प्रहरीनायब उपरीक्षक राजकुमार बैदवारले अपराधका योजना बनाउने क्रममा आपसी विवाद हँुदा भएको झडपपछि हतियार रहेको खुलेको भन्दै अन्य घटनामा संलग्नताका विषयमा अनुसन्धान भइरहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>