समाचारबिहीबार, आश्विन ३, २०७०

अनेरास्ववियुको २१ औं महाधिवेशन शुरु

हिमालखबर

आन्तरिक विवादका कारण झण्डै ६ महिना ढिलो गरी शुरु भएको अनेरास्ववियुको महाधिवेशन नयाँ नेतृत्व चयनमा केन्द्रित हुनेछ । विधान सम्मेलन भने यसअघि नै भइसकेको छ ।

महाधिवेशनको उद्घाटन सत्र प्रर्दशनी मार्गस्थित बाल्मिकी विद्यापीठमा र बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदैछ ।

‘दिगो शान्ति र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि नयाँ संविधान, गुणस्तरीय र प्राविधिक शिक्षामा सहज पहुँच,’ भन्ने नाराका साथ हुन लागेको महाधिवेशनमा देशभरबाट १ हजार ५ सय प्रतिनिध सहभागी भएका छन् ।

महाधिवेशनलाई आगामी संविधानसभा निर्वाचनको शक्ति परिचालन रणनीतिका रुपमा हेरिएको छ ।

महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि निवर्तमान उपाध्यक्ष लक्ष्मण लम्साल, नवीना लामा, भीम राई र महासचिव किशोर विक्रम मल्लले उम्मेदवारी दिने तयारी गरेका छन् । मल्ल र राई तथा लम्साल र लामा एकै प्यानलमा थिए ।

अखिल स्रोतका लम्साल समूहलाई एमाले अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमको समर्थन छ भने मल्ल समूहलाई बरिष्ठ नेता माधवकुमार नेपाल, केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलको समर्थन छ ।

लम्सालले लामा र मल्लले राईलाई समेटेर प्यानल बनाउने तयारी गरेका छन् । महासचिवमा थोमस बास्तोला, रचना खड्का लगायतको नाम चर्चामा छ ।

पदका आकांक्षी धेरै भएकाले मिलाउने प्रयास भैरहेको अखिल नेताहरुले बताएका छन् । एमाले नेताहरु पनि अहिले अन्य विषय थाँती राखेर अखिलको नेतृत्व आ–आफ्नो पक्षमा पार्न जुटेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>