थप समाचारबिहीबार, आश्विन ३, २०७०

चिनियाँ सञ्चारमन्त्री राजधानीमा

रासस

नेपालको चार दिने भ्रमणमा ३ असोजमा काठमाडौं आइपुगेका चिनियाँ सञ्चारमन्त्री काइ मोइन्झुले ४ असोजमा राष्ट्रपति रामवरण यादव, परराष्ट्र मन्त्री माधवप्रसाद घिमिरे, सूचना तथा सञ्चारमन्त्री माधव पौडेललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

चिनियाँ मन्त्रीले आपसी हितका लागि सूचना तथा सञ्चार क्षेत्रमा भएका नवीनतम विकास, नेपाली समाजको उन्नतिका लागि सूचना तथा सञ्चार प्रविधिको अत्यधिक उपयोग तथा पारस्परिक लाभका विविध विषयमा मन्त्री घिमिरे र पौडेलसँग छलफल गर्ने बताइएको छ ।

मन्त्री काइले नेपाल टेलिभिजन र गोरखापत्र संस्थानका अधिकारीसँग पनि भेटवार्ता गर्नेछन् । चीन सरकारको सहयोगमा सन् २००० मा निर्माण गरिएको ‘एनटिभी प्लस’ प्रसारण भवनको अवलोकन गर्ने कार्यक्रम रहेको नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईंले जानकारी दिए ।

“एनटिभी प्लसको ‘स्टुडियो’ र उपकरणको स्तरोन्नतिका लागि चीन सरकारसँग अनुरोध गर्नेछौँ, महाप्रबन्धक हुमागाईंले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>