थप समाचारशुक्रबार, आश्विन ४, २०७०
राजधानीका प्रकाशक शेरचन एमालेमा
एमाले मुख्यालया बल्खुमा आयोजित राष्ट्रिय प्रचार भेलामा राजधानी दैनिकका प्रकाशक एवम् ब्यवसायी महेन्द्र शेरचन एमाले प्रवेश गरेका छन् ।
शेरचनलाई पार्टी अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी ओलीले स्वागत गरे ।
अहिलेसम्म कुनै पार्टीको सदस्य नरहेका शेरचनले विचार सिद्धान्त मन परेर एमाले रोजेको बताए ।
उनले आफ्नो मिडिया अनुभवले विचार र सिद्धान्तका हिसाबले एमाले नै उपयुक्त लागेको बताए । भने, “मिडिया सँगसँगै अब सक्रिय राजनीतिमा पनि आउँछु ।”
उनले एमालेमा कुन स्थान पाउनेछन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।
