थप समाचारशुक्रबार, आश्विन ४, २०७०

सोह्रश्राद्ध शुरु

हिमालखबर

आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म १६ दिन कायम रहने पितृपक्षमा (सोह्र श्राद्ध) ४ असोजदेखि शुरु भएको छ । आफ्ना दिवङ्गत ज्येष्ठ पितृको तिथिमा अन्नजल अर्पण तथा तर्पणादि कार्य गरिने हुनाले हिन्दु समुदायमा सोह्रश्राद्धको विशेष महत्व छ । सोह्रश्राद्धमा आफ्ना पितापुर्खा, मावली, बन्धुबान्धवलगायत दिवङ्गत सबै पितृलाई तर्पणदान गरिन्छ ।

श्राद्ध भनेको श्रद्धा नै हो । आजदेखि समस्त हिन्दूले घर तथा घर बाहिरका पशुपति, शङ्खमूल, गोर्कणलगायत प्रमुख धार्मिकस्थलमा पुगी पितृको सम्झनामा श्राद्ध गर्ने परम्परा छ ।

हिन्दूसंस्कारमा चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको पूजा गर्ने हिन्दू परम्पराअनुसार सोह्रसाद्ध गर्ने चलन छ । सोह्रश्राद्धपछि दशैं, तीहार, छठ लगायतका ठूला पर्वहरु शुरु हुने भएकाले पर्व मनाउनु अघि पितृलाई सम्झने गरिएको पण्डितहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>