थप समाचारशुक्रबार, आश्विन ४, २०७०
एक करोडको सुन–चाँदी बरामद
जुत्तामा लुकाएर तस्करी गर्न लागिएको करिब एक करोड मूल्य बराबरको सुन र चाँदीसहित भारतीय नागरिक इकबाल अहमद राईलाई भारतीय सीमा सुरक्षा प्रहरीले पक्राउ गरेको छ । उनले नेपालगञ्जबाट उक्त सुनचाँदी भारत तस्करी गर्न लागेको भारतीय प्रहरीले जनाएको छ ।
नेपालगन्जको त्रिभुवन चोकस्थित पप्पु कुरैसी ज्वैलर्सबाट सुन र चाँदी भारत लैजान लागेको पक्राउ परेका राईले बताएको भारतीय प्रहरीको भनाई छ ।
रासस
