थप समाचारशनिबार, आश्विन ५, २०७०
क्यान्सरपीडित डा. वाग्लेको सहयोगका लागि आह्वान
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका दुर्गम क्षेत्रका विभिन्न अस्पतालमा रही सेवा गरिराखेका चिकित्सक वाग्लेले अध्ययनका क्रममा थाइल्याण्डमा रहँदा करिब एक वर्ष अगाडि क्यान्सर भएको पत्ता लागेको थियो । त्यहाँबाट भारतमा पुगी उपचार गरेका चिकित्सक वाग्लेको थप उपचारका लागि अमेरिका जानुपर्ने भएकाले अहिले आर्थिक समस्या देखिएको हो ।
“थप उपचार भएमा समय लम्बिन सक्छ, चिकित्सक बाग्लेले भनेका छन् । यसका लागि अमेरिका जानुपर्छ । त्यहाँ जान आर्थिक समस्या छ । त्यसैले मैले सहयोगी हातलाई आह्वान गरेको हुँ ”
यसैबीच क्यान्सरपीडित वाग्लेलाई ओम हेल्थ फाउण्डेसनले रु एक लाख ६१ हजार आर्थिक सहयोग प्रदान गरेको छ । फाउण्डेसनका अध्यक्ष डा भोला रिजाल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्रले डा वाग्लेलाई भेट गरी हालै सो रकम प्रदान गरेका हुन् ।
सहयोग गर्न चाहनेले नेपाल बैंक चाबहिल खाता नं ०६४१११३४८२ मा सहयोग प्रदान गर्न सकिने छ । मन्त्रालयले डा वाग्लेलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान पनि गरिसकेको छ ।
रासस
