समाचारशनिबार, आश्विन ५, २०७०

युवती विदेश लैजाने दलाल सर्लाहीबाट पक्राउ

हिमालखबर

सर्लाही सदरमुकाम मलंगवाको कोल्डस्टोर नाका हुँदै नेपाली युवतीलाई भारतमा लगेर बेच्ने दुई दलालसहित तिन युवतीलाई सशस्त्र प्रहरीले ५ असोजमा पक्राउ गरेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय मलंगवाबाट खटेको गस्तीटोलीले मकवानपुर छतिवन ९ की सोममाय मोक्तान, दोलखा स्यावा १ की जाङमु शेर्पा, मोरङ्गकी लिला थापा, सिन्धुपाल्चोकका वीरबहादुर तामाङ र सर्लाहीका चन्द्रवहादुर मोक्तानलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दलालले युवतीहरुलाई इराक पठाउनका लागि दिल्ली लगिँदै गरेको बताए पनि उनीहरुका साथमा पासपोर्ट लगायत विदेश जाने कुनै कागजात नभेटिएपछि युवतीहरुलाई भारतका कोठिमा बेच्ने मनसायले लैजाँदै गरेको हुनसक्ने सशस्त्र प्रहरीका नायव उपरीक्षक भरत बस्नेतले बताए ।

४ असोज राति हरिवनको एक गेष्टहाउसमा उनीहरु ६ जना बास बसेको गेष्ट हाउसले बताएपछि थप एकजनाको खोजी भई रहको प्रहरीले बताएको छ ।

पक्राउ परेका दलाल सिन्धुपाल्चोकका बिरबहादुर तमाङ्गले दिल्लीसम्म पुर्‍याइदिएवापत ३५ हजार रुपैयाँ लिने गरेको बताएका छन् । तमाङ्गले यसअघि पनि तीन जना युवतीलाई भारतको दिल्लीमा पुर्‍याएको प्रहरी समक्ष स्वीकारेका छन् । उनले काठमाडौं बस्ने तारा तामाङ भन्ने व्यक्तिले आफूलाई युवतीहरु दिल्लीसम्म पुर्‍याउन जिम्मा लगाएको पनि बताए ।

सबैको राहदानी कुरियरमार्फत दिल्ली लगेको र त्यहींबाट भिसा लगाएर उडाउने गरेको दलालले बताए पनि कुन कुरियरबाट भिसा पठाएको भन्नेबारे उनले सञ्चारकर्मीलाई बताउन सकेनन् । प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरीले बताएको छ । उनीहरुका साथवाट नेपाली, भारु र केही रियालसमेत फेला परेको प्रहरीले जनाएको छ ।
विश्वनाथ ठाकुर, सर्लाही

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>