समाचारआइतबार, आश्विन ६, २०७०
राष्ट्रिय मधेस समाजवादीले उम्मेदवार छान्यो
पार्टी प्रवेश तथा उम्मेदवारी घोषणा कार्यक्रममा उम्मेदवारको नाम घोषणा गरिएको हो । पार्टीका जिल्ला अध्यक्ष प्रेमबाबु पटेलका अनुसार प्रत्यक्षतर्फ पर्सा निर्वाचन क्षेत्र नं १ बाट केन्द्रीय सदस्य राजेशमान सिंह, क्षेत्र नं २ बाट जिल्ला अध्यक्ष प्रेमबाबु पटेल, क्षेत्र नं ३ बाट अजयसाह तेली, क्षेत्र नं ४ बाट जबाहिर राम र क्षेत्र नं ५ बाट वीरेन्द्र रामको नाम घोषणा गरिएको छ ।
उम्मेदवार घोषणा कार्यक्रममा पार्टी अध्यक्ष शरत्सिंह भण्डारीले पहिचानसहितको सङ्घीयता र समावेशिताको मूल लक्ष्य लिएर आफ्नो पार्टी चुनावमा होमिएको बताए ।रासस
