समाचारआइतबार, आश्विन ६, २०७०

‘नेकपा–माओवादीका शर्त निर्वाचन विथोल्ने वाहना मात्रै’

हिमालखबर

प्रेस चौतारी नेपाल गुल्मीले ६ असोजमा तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता गोकर्ण विष्टले मन्त्रिपरिषदका अध्यक्ष रेग्मीको प्रधानन्याधीश पद वहाल रहकै कारण नेकपा–माओवादी निर्वाचनमा सहभागी नभएको हो भने, एमालेले रेग्मीलाई प्रधानन्याधीश पदबाट राजीनामा गराउन तयार रहेको दाबी गरेका छन् । तर, नेकपा माओवादी विभिन्न बाहनामा निर्वाचन विथोल्न उद्दत भएकोेले उसका शर्तहरु मान्दै जाँदा थप शर्तहरु तेस्र्याइ रहने पनि विष्टको दाबी छ ।

विष्टले भने, “माओवादी निर्धारित मितिमै निर्वाचनमा सहभागी हुन चाहन्छ र त्यसको सुनिश्चित्ता गर्छ भने एमाले रेग्मीलाई प्रधानन्यायाधीशवाट राजीनामा गराउन तयार छ तर, उसका गतिविधिहरु निर्वाचन विथोल्नका लागि उद्दत छन् ।”

उनले नेकपा–माओवादीले एकपछि अर्को शर्त ते¥साईरहेकोले रेग्मीको राजीनामाको माग निर्वाचन हुन नदिने बाहना मात्रै भएको बताएका थिए । उनले भने, “माओवादी शुरुदेखि नै निर्वाचन विथोल्ने गतिविधि गरिरहेको छ, उसका शर्तहरु मान्दै जाँदा थप शर्तहरु पनि आइ नै रहनेछन् ।”

गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>