समाचारआइतबार, आश्विन ६, २०७०

सरकारको ध्यान ४ मंसीरको निर्वाचनमाः रेग्मी

हिमालखबर

समाज कल्याण परिषद्ले ६ असोजमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले तोकिएको मितिमै निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको भन्दै यो अवसरको सदुपयोग गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई निर्वाचनमा सहभागी हुन आह्वान गरे ।

राष्ट्रपति– रेग्मी भेट
राष्ट्रपति रामवरण यादव र अध्यक्ष खिलराज रेग्मीबीच निर्वाचन सुरक्षा रणनीति र सेना परिचालन सम्बन्धमा छलफल भएको छ ।

६ असोज बिहान शीतलनिवास पुगेका रेग्मीले सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष गरिएको सिफारिस स्वीकृत गर्न आग्रह गरेका छन् । संविधानसभामा सेना परिचालनका लागि सुरक्षा परिषद्ले गरेको सिफारिसलाई मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष पेश गरे पनि उक्त सिफारिसलाई राष्ट्रपतिले अझै स्वीकृत गरिसकेका छैनन् ।

भेटका अवसरमा अध्यक्ष रेग्मीले आफ्नो आसन्न अमेरिका भ्रमणका विषयमा पनि जानकारी गराएका छन् ।

आफ्नो भ्रमण र चुनावी रणनीतिका बारेमा राष्ट्रपतिलाई अध्यक्ष रेग्मीले जानकारी गराएको भेटमा सहभागी सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।

रेग्मी राष्ट्रसंघको महासभामा सहभागी हुन १० असोजमा अमेरिका जाने कार्यक्रम छ ।

रेग्मी–दाहाल भेट

यसैबीच अध्यक्ष रेग्मी र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आजै भेटवार्ता भएको छ । भेटमा रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्तिबारे छलफल भएको बताइएको छ ।
उनीहरुबीच निर्वाचनमा सेना परिचालनमा देखिएको कानुनी जटिलतालगायतका विÈयमा पनि छलफल भएको थियो ।

अध्यक्ष रेग्मीले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारी नियुक्तिका विÈयमा राजनीतिक छलफललाई तिब्रता दिएका हुन् । यसअघि रेग्मीले ५ असोजमा उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवम् नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग भेटवार्ता गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>