थप समाचारआइतबार, आश्विन ६, २०७०

चीनमा नेता बो शिलाई आजीवन कारावासको सजाय

हिमालखबर

चिनको प्रान्तीय अदालतले नेता बो शीलाई आजिवन कारावासको सजाय सुनाएको छ । तर, उनले यो सजायविरुद्ध पुनरावेदन गर्न पाउनेछन् ।

फैसला सुनाउँदै चीनको शांगडोंग प्रान्तस्थित अदालतका न्यायाधीशले बोलाई उनले आफ्नो पदीय शक्तिको दुरुपयोग गरी दुई करोड युवान घुस लिई चीन र चिनियाँ जनताको हितविरुद्ध कार्य गरेको बताएका छन् ।

यसअघि आफूलाई यातना र कडा केरकार गरी दबाबमा पारेर झूठो बयान दिन लगाइएको भन्ने बोको दाबीलाई न्यायाधीशले खारेज गरेका छन् ।

मुद्दाको सुनुवाईका क्रममा बो शिलाईले आफूमाथि लगाइएका अभियोगहरु विरुद्ध कडा खण्डन प्रस्तुत गरेका थिए।
अदालतले बोलाई घुसखोरीको अभियोगमा आजीवन कासावास, आर्थिक अनियमितताको अभियोगमा १५ बर्ष र शक्तिको दुरुपयोग गरेको अभियोगमा सात बर्षको जेल सजाय सुनाएको छ।

बो उनले लागु गरेका सामाजिक नीतिहरुका कारण स्थानीय बासिन्दामाझ लोकप्रिय थिए। तर सन् २०१२ मा उनका प्रहरी प्रमुख वांग लिजुनले चेंग्दूस्थित अमेरिकी बाणिज्य दूतावासमा शरण लिन गएपछि उनको राजनीतिक पतनको आरम्भ भएको थियो।

उक्त घटनापछि ब्रिटिश ब्यापारी नील हेवुडको हत्याको अनुसन्धान अघि बढ्न पुगेको थियो। उनको पतनलाई चीनको सत्ताधारीवर्गमा दशकौंपछि देखिएको राजनीतिक उथलपुथलका रुपमा हेरिन्छ।
एजेन्सीहरु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>