थप समाचारसोमबार, आश्विन ७, २०७०

चुनावका लागि वैद्यसँग तालमेल हुन्छ: दाहाल

हिमालखबर

७ असोजमा चितवन आएका पुष्पकमल दाहाल (प्रचण्ड) भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै। तस्बीर:सविता श्रेष्ठ, हिमालखबर

अध्यक्ष दाहालले
वैद्य पक्ष पार्टी एकीकरण गर्न आएपनि नभए छुट्टै पार्टिको रुपमा आएपनि चुनावको लागि तालमेल गर्न आफ्नो पार्टी तयार रहेको बताएका हुन् । पार्टी एकिकरण भएमा पहिलाको संविधान सभाको चुनावमा नै उठेका उम्मेदवारहरु उठाउन सकिने उनले बताए ।

खम्बासिंह कुँवर अभिनन्दन ग्रन्थ सार्वजनिक कार्यक्रममा सहभागी हुन ७ असोजमा चितवन आएका उनले चुनावका बारेमा अन्यौल नहुन आग्रह गरे । चुनावको बारेमा वहिस्कार गर्न खोज्नेहरुसँग छलफल भई रहेको बताउँदै उनले भने –‘कोही आउन चाहँदैन भने देशलाई बन्धक बनाउन हुँदैन, छलफल भैरहेको छ अन्तिम समयसम्म सहभागी हुन आउनुपर्छ ।’

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले चुनावमा सहभागी भएर एमाओवादीको बहुमत आउने समेत उनले दावी गरे । अहिलेको ठूलो पार्टी भएको हिसाबले पनि आफु बहुमतको बारेमा ढुक्क रहेको बताए ।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>