समाचारमंगलबार, आश्विन ८, २०७०
आयल निगमका कार्यकारी निर्देशकसहित चार पक्राउ
आयोगले निगमको सञ्चित नोक्सानी पूर्ति नभएसम्म बोनस वितरण नगर्न आयोगले दिएको निर्देशन विपरीत कार्य गरेको आरोपमा निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाल, निर्देशक नागेन्द्र साह, प्रबन्धकद्वय कमलप्रसाद शर्मा र नेत्रप्रसाद काफ्लेलाई आयोगले ८ असोजमा हिरासतमा लिएको हो ।
आयोगको निर्देशनअनुरूप निगम सञ्चालक समितिको २०६७ साल भदौ ५ गतेको बैठकबाट नेपाल आयल निगमको कुल सञ्चित नोक्सानीको पूर्ति गरी सञ्चित नाफाको अवस्थामा नपुगेसम्म बोनस वितरणको कार्य रोक्का गर्ने निर्णय विपरीत २०६९ साल पुस ७ गते निमित्त कार्यकारी निर्देशकसमेतको निर्णयबाट २०६५ सालको नाफा भन्दै बोनस वितरण गरेको हुँदा अनुसन्धानको क्रममा उनीहरूलाई हिरासतमा लिइएको आयोगका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।रासस

