समाचारशुक्रबार, आश्विन ११, २०७०
जनकपुरमा सह–प्राध्यापकको हत्या
जनकपुरस्थित जनकहजारी विद्यापीठ र धनुषा साइन्स क्याम्पसमा नेपाली विषय पढाउने सह–प्रध्यापक ५० वर्षीय सत्यनाराण गडेरीको शव धुनषाको कुर्थामा घाँटी रेटिएको र छातीमा गोली लागेको अवस्थामा फेला परेको छ ।
सिरहा जिल्ला अरनाका स्थायी वासिन्दा गडेरीको शव असोज विहान पाँच बजे विभत्स अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।
१० असोज बेलुकासम्म सहकर्मीहरुको सम्पर्कमा रहेका गडेरीलाई राति कसले र किन हत्या गर्यो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए ।
गडेरीका नेपाली व्याकरणलगायत नेपाली भाषाका विभिन्न पाठ्यपुस्तक प्रकाशित छन् ।
इश्वरचन्द्र झा, जनकपुर
