समाचारशुक्रबार, आश्विन ११, २०७०
राप्रपा नेपालको घोषणपत्र सार्वजनिक, कहिल्यै बन्द नगर्ने
काठमाडौंमा ११ असोजमा पत्रकार सम्मेलन गरेर राप्रपा नेपालले आगामी संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १ सय ९६ जना उम्मेदवारको नाम सहित घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष कमल थापा र पार्टीका अन्य वरिष्ठ नेताहरुको उम्मेदवारी भने अझै सार्वजनिक गरिएको छैन । सम्मेलनमा थापाले जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने ‘नेपाल बन्द’ कहिल्यै नगर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।
घोषणापत्रमा राजसंस्था राष्ट्र प्रमुखहुने र जनताबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुखहुने उल्लेख छ ।
उनले उच्चस्तरीय सम्पति छानविन आयोग गठन गरी गैरकानूनी रुपले आजर्न गरेको सम्पति जफत गरिने, २ सय ७ सदस्यीय जनप्रतिनिधि सभा र ६० सदस्यीय राष्ट्रिय सभा रहने दुइ सदनात्मक व्यवस्था हुने घोषणपत्रमा प्रस्ताव गरेको जानकारी दिए ।
गायक-गायिका पनि उम्मेदवार
राप्रपा नेपालले सह–अध्यक्ष पद्मसुन्दर लावती पाँचथर २ बाट, उपाध्यक्ष राजीव पराजुली पर्सा २ बाट, धवलशम्शेर राणा बा“के ३ बाट, महामन्त्री चन्द्रबहादुर गुरुङ स्याङ्जा १ बाट, भरत जंगम काठमाडौं १ बाट, पूर्वमेयर ध्रुव महर्जन काठमाडौं १० बाट, चलचित्रकर्मी उद्धव पौडेल काठमाडौं ४ बाट, गायिका मिरा राणा काठमाडौं ४ र पप गायक सञ्जय श्रेष्ठ काठमाडौं ६ बाट उठाउने जनाएको छ ।
२ सय ४० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बताएको राप्रपा नेपालले अध्यक्ष थापासहित बा“की उम्मेदवारको टुङ्गो पनि छिटै लगाउने जनाएको छ ।
