समाचारशुक्रबार, आश्विन ११, २०७०
मिति सारे माओवादी निर्वाचानमा जाने
काठमाडौंमा ११ असोजमा आयोजित पुस्तक विमोचन कार्यक्रममा सहभागी भएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो नेतृत्वमा रहेको मोर्चा संविधानसभा निर्वाचनमा सहभागी हुन तयार भए पनि ४ मंसीरको मिति भने मान्य नभएको दोहोर्याए ।
यसअघि नै प्रमुख दलका नेताहरुले मोहन वैद्य निर्वाचनप्रति प्रतिवद्ध नभएको र मिति सार्ने माग निर्वाचन हुन नदिने बहानामात्रै भएको दाबी गर्दै आएका छन् ।
वैद्यले समस्या समाधानका लागि आफू अत्यन्ते लचक भए पनि प्रमुख राजनीतिक दलहरु भने गैरजिम्मेवार भएको आरोप लगाए । उनले ४ मंसीरमा कुनै पनि हालतमा निर्वाचन हुन नदिने धम्की समेत दिएका थिए ।
कार्यक्रममा अध्यक्ष वैद्यले नेकपा–माओवादीका केन्द्रीय सल्लाहाकार हस्तबहादुर केसीद्वारा लिखित ‘क्रान्ति र विद्रोह’ नामक पुस्तकको विमोचन गरेका थिए । उनले एमाले कम्युनिष्ट पार्टी नै नभएको, एमाओवादी एमाले बनीसकेको र आफूले मात्रै कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको दावी गरेका थिए ।
