समाचारशुक्रबार, आश्विन ११, २०७०
अख्तियारविरुद्ध अभिव्यक्ति दिने पनि पक्राउ
घाटामा रहेको भनिएको नेपाल आयल निगमले कर्मचारीलाई बोनस बाँडी भ्रष्टाचार गरेको भन्दै निगमका अधिकारीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । अख्तियारको उक्त अनुसन्धान प्रक्रियामा बाधाविरोध गर्ने अभिप्रायले वक्तव्यबाजी तथा टेलिभिजनबाट अन्तर्वार्ता दिएकाले निगमका वरिष्ठ सहायक देवीप्रसाद अधिकारीलाई हिरासतमा लिइएको आयोगका प्रवक्ता श्रीधर सापकोटाले बताएका छन् ।
न्यौपानेलाई ११ असोजमा हिरासतमा लिई अनुसन्धान अघि बढाइएको जानकारी पनि सापकोटाले दिए ।
रासस
