थप समाचारशनिबार, आश्विन १२, २०७०

रोबोट बनाए कृष्णकुमार मण्डलले

हिमालखबर

जनकपुरस्थित धनुषा साईन्स क्याम्पसबाट यसै वर्ष १२ कक्षा उर्तिण गरेका २० वर्षिय कृष्णकुमार मण्डलले २ वर्षको मेहनत र रु १ लाखको लागतमा ‘एस ४ के १२’ नामको रोबोट बनाएका छन् । यसले सजिलै घरमा पानी ल्याउने, खाजा ल्याउने जस्ता आधा किलो वजन भएको सामान ओसारपोसार गर्न सक्छ ।

कक्षा ९ पढदैखेरी हावाबाट विधुत्त उत्पादन गर्ने विन्ड विंग समेत बनाएर चर्चा कमाएका मण्डलले परिवारको आर्थिक अवस्था कमजोर रहेकाले विस्तारै सहयोग जुटाउंदै रोबोट बनाएको तर, यसैलाई अझै परिमार्जन गर्न नसकिएको बताए ।

साढे दुई फिट लम्बाई रहेको यो रोबोटमा करिब ३० हजार रुपैंयाँ थप लगानी गर्यो भने यसलाई रिमोट कन्ट्रोलबाट नियन्त्रण गर्दै बाजारबाट सामान समेत खरिद गर्न सक्ने खालको बनाउन सकिने मण्डलको भनाई छ ।

रोबोट बनाउनका लागि किताबी ज्ञान बाहेक अरुको सहयोग नपाएको बताउने मण्डलले रोबोटमा आई.सी, मोटर, ट्रान्जीस्टर, सेन्सर, गियर मोटर, घरमा फालेको तार, रिल, ब्याट्री र घरेलु सामानहरुको प्रयोग गरिएको बताए ।
मनिका झा, जनकपुरधाम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>