समाचारशनिबार, आश्विन १२, २०७०

कल ह्यान्डिङमा समस्या हुँदा मोबाइल चलेनन्

हिमालखबर

टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानका अनुसार बबरमहलमा रहेको आन्तरिक गेटवे र कल ह्यान्डिङमा समस्या आएका कारण प्रिपेड र पोस्टपेड सेवा अवरुद्ध भएको हो । ११ असोज राति अबेरदेखि नै समस्या देखिएकाले नेटवर्कमा कहाँ समस्या भएको हो भन्ने पत्ता लगाउन नै समय लागेको र मर्मत सम्भारपछि बिहान १० बजेपछि सेवा सुचारु भएको थियो ।

टेलिकमको आन्तरिक प्रणालीमा देखिने यसखालका समस्या ठूलो नभए पनि ग्राहकलाई परेको समस्या भने सामान्य नरहेको भन्दै उनले भविष्यमा यसखालको समस्या आउन नदिन आफूहरु सचेत रहने बताए । उनुभयो ।

टेलिकमको नेटवर्क भरपर्दो नरहेको भन्ने गुनासो आइरहेको बेला यसखालको समस्याले उपभोक्तालाई झन् दिक्क बनाउने भन्दै प्रवक्ता प्रधानले आगामी दिनमा यस्ता समस्या नआउन द्रुत उद्धार टोली परिचालन गरिने दाबी गरे ।

समस्या समाधानका लागि कल ह्यान्डिङमा सिष्टम मिलाइएको र गेटवेमा समेत सिस्टम थप गरिएको टेलिकमको भनाइ छ । व्यस्त समयमा सेवा अवरुद्ध हुँदा टेलिकमले लाखौँ घाटा व्यहोर्नु परेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>