समाचारशनिबार, आश्विन १२, २०७०

फिलिपिन्सकी योङ भइन् विश्व सुन्दरी

हिमालखबर

तस्वीर: एएफपी

ईन्डोनेसियाको बालीमा १२ असोज राति भएको विश्वसुन्दरी प्रतिस्पर्धामा उत्कृष्ट हुँदै फिलिपिन्सकी मेगन योङले विश्व सुन्दरीको ताज पहिरिएकी छन् । पहिले राजधानी जाकर्ता नजिकै आयोजना गरिएको प्रतिष्पर्धा मुसलमान कट्टरपन्थीको तिव्र विरोध हुन थालेपछि बालीमा सारिएको थियो ।

अमेरिकामा जन्मिएकी २३ वर्षीया योङ १० वर्षकी छँदा फिलिपिन्स आएको र १५ वर्षको उमेरदेखि टेलिभिजन कार्यक्रम प्रस्तोता भएको उनको बायोडेटामा उल्लेख छ । फिल्म निर्देशनमा रुची राख्ने योङ डिजिटल मिडियाकी विद्यार्थी र  चलचित्र कलाकारसमेत हुन् । उनलाई सन् २०१२ की विश्वसुन्दरी चीनकी यू वेनजियाले ताज लगाइदिएकी थिइन् ।

तस्वीर: एएफपी

विश्व सुन्दरी घोषित् भएपछि भावुक हुँदै उनले आफू अहिलेसम्मकै उत्कृष्ट विश्व सुन्दरी बन्ने प्रतिवद्धता व्यक्त गरिन् ।
त्यसैगरी फस्ट रनरअप फ्रान्सकी मारिन लोर्पेलिन भइन् भने घानाकी ना ओकेले सुटरले सेकेन्ड रनरअपको उपाधी जितिन् । उपाधीका लागि १२७ देशका सुन्दरीहरुको सहभागिता थियो ।

नेपाली पहिलो पटक टप टेनमा
नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी ईशानी श्रेष्ठ अन्तिम १० सम्म पुगिन् । ‘व्यूटी वीथ पर्पोज’ उपाधि समेत हासिल गरेकी श्रेष्ठ उत्कृष्ट १० मा पर्ने पहिलो नेपाली सुन्दरी हुन् ।

यसअघि अन्य उपाधि पनि नेपालीले पाउन सकेका थिएनन् ।

इशानी श्रेष्ठ टपटेनमा पुगिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>