समाचारआइतबार, आश्विन १३, २०७०

मूल भट्टको राजीनामा– निजी कारण

हिमालखबर

पशुपतिनाथका पुजारी मूल भट्टले गत ७ साउनमा राजीनामा दिएकोमा त्यसलाई कोष सञ्चालक समितिको बैठकमा छलफल गरी स्वीकृतिका लागि कोषका अध्यक्ष एवम् संस्कृति मन्त्री समक्ष पत्राचार गरिसकेको छ । कोषका अध्यक्षमार्फत संरक्षक तथा मन्त्रिपरिषद्का अध्यक्षले स्वीकृति प्रदान गरेपछि मूल भट्टको राजीनामा स्वीकृत हुने प्रावाधन रहेको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताए ।

कोषको नियमावलीअनुसार भट्ट तथा मूल भट्टको ६५ वर्षको उमेर पुगेपछि सेवानिवृत्त हुनुपर्ने भए पनि अहिलेका मूल भट्टले व्यक्तिगत कारण दर्शाएर राजीनामा दिएको जानकारी दिँदै टण्डनले पछिल्लो समय विभिन्न सञ्चार माध्यममा एकपक्षीय रुपमा आएका समाचारमा सत्यताको आधार नरहेको बताए ।

मूल भट्ट महावलेश्वरम्ले २२ वर्षदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्दै आएका छन् । कोषले पशुपतिनाथको मन्दिरमा नियमित पूजाआजा सञ्चालन गर्न एक मूल भट्ट, तीन भट्ट र वासुकी मन्दिरमा एक भट्टको व्यवस्था गरेको छ ।

मन्दिरमा भारतबाट भट्ट तथा मूल भट्ट ल्याई नित्य पूजा सञ्चालन गर्ने परम्परा रहिआएको छ । पहिला पशुपतिनाथको मन्दिरमा भक्तजनले चढाएको तथा अन्य पूजाबाट प्राप्त हुने आम्दानी मूल भट्ट तथा भट्टको हुने गरेकामा त्यसलाई सुधार गरी कोषले मूल भट्टलाई मासिक रु दुई लाख २५ हजार तथा अन्य भट्टलाई रु एक लाख ६० हजार तलबको व्यवस्था गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>