समाचारआइतबार, आश्विन १३, २०७०
दाहाल र भट्टराईले निर्वाचन क्षेत्र सारे
अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा १३ असोज विहान बसेको एमाओवादी कार्यलयको बैठले शीर्ष नेतासहितका केही उमेद्वारहरुको टुंगो लगाएको छ । बैठकको निर्णय अनुसार अध्यक्ष दाहाल काठमाडौ क्षेत्र नम्वर– १० र सिराह– ५ बाट उम्मेदवार हुने भएका छन् भने नेता बाबुराम भट्टराईले गोरखा– १ र रुपन्देही– ४ बाट उम्मेदवारी दिने भएका छन् ।
अघिल्लो संविधानसभाको निर्वाचनमा दाहाल काठमाडौं– १० र रोल्पा– २ बाट उम्मेदवार भएका थिए भने भट्टराईले गोरखा– २ बाट उम्मेदवारी दिएका थिए ।
यसैगरी अर्का नेता पोष्टवहादुर वोगटी नुवाकोट– ३ वाट उठ्ने भएका छन् । त्यस्तै बझाङ– १ मा देवराज रेग्मी, २ मा हरि कुवँर, बैतडी– १ मा नरेन्द्र कुवँर, २ मा रेणु चन्द, दार्चुलामा ललितसिं ठगुन्ना, डडेलधुराबाट खगराजभट्ट बाजुरबाट सहदेव वोगटी डोटी– १ बाट मोहन बम, २ बाट लेखराज भट्ट उम्मेदवार हुने भएका छन् ।
त्यस्तै एमाओवादीले मुगुबाट सुकवीर बुढा, कालीकोटबाट महेन्द वहादुर साही, जुम्लाबाट गजेन्द्रवहादुर महत, डोल्पाबाट सत्य पहाडी, जाजरकोट– १ बाट शक्ति बस्नेत, २ बाट भक्त बहादुर शाह, दैलेख– १ बाट तेज वहादुर चन्द, २ वाट स्थीर बहादुर कार्कीलाई उठाउने भएको छ ।
अन्य टिकट पाउनेहरुमा सुर्खेत क्षेत्र नं १ बाट ठम्मर बिष्ट, २ बाट भीमबहादुर मल्ल, ३ बाट नरवहादुर बिष्ट, भोजपुर– १ बाट खोमराज नेपाली, २ बाट सुधन राई, खोटाङ– १ बाट दुर्गाजयन्ती राई, २ बाट देवान राई, सोलुखुम्बुबाट गोम्बु शेर्पा, ताप्लेजु– १ बाट सन्च पाल, २ बाट टंक हाङवोहाङ छन् ।
१४ असोज विहानसम्म प्रत्यक्षतर्फका सबै उमेद्वारको टुंगो लगाउने नेता बोगटीले जानकारी दिए ।
