थप समाचारआइतबार, आश्विन १३, २०७०
दुई बालिका बेच्ने पक्राउ
तीन वर्षअघि पर्साको बहुअर्वा पिडारीका १३ र ९ वर्षका दुई बालिकालाई विभिन्न प्रलोभन देखाई भारतमा बिक्री गर्ने सोही ठाउँका २० वर्षीय राजेश यादवलाई १३ असोज विहान प्रहरीले पक्राउ गरेको छ ।
अपराध नियन्त्रणका लागि शुरु गरेको विशेष अभियान अन्तर्गत यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सुराकीको आधारमा पर्सा प्रहरीको टोलीले यादवलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भईरहेको बताएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
