थप समाचारआइतबार, आश्विन १३, २०७०
धनकुटामा मोटरसाइकल दुर्घटनामा २ को मृत्यु
धनकुटाको जितपुरबाट हिलेतर्फ जादै गरेको मोटरसाईकल मुर्तिढुंगा–८ मा दुर्घटना हँुदा मोटरसाईकलका चालक धनकुटा–१ हिलेका भुपेन राई र अर्का सवार जितपुर– ६ आन्द्रुङ्गका निरज लुम्वाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
कच्चीसडकमा तिब्र गतिले गर्दा मोटरसाईकल दुर्घटना भएको प्रहरीको अनुमान छ । सडकबाट करिव ३ सय मीटर तल भीरमा खसेको मोटरसाइकल क्षतिग्रस्त भएर नम्बरसमेत खुल्न सकेको छैन ।
सन्तोष रुचाल, धनकुटा

