समाचारआइतबार, आश्विन १३, २०७०

एमाओवादीले कहाँबाट कसलाई उठाउँदैछ ?

हिमालखबर

एमाओवादी केन्द्रीय कार्यालयले १३ असोज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौँ क्षेत्र नं १० र सिराहा क्षेत्र नं ५ बाट उम्मेदवार बन्दै छन् । अर्का वरिष्ठ नेता बाबुराम भट्टराई गोरखा क्षेत्र नं १ र रुपन्देही क्षेत्र नं ४ बाट उम्मेदवार बन्ने भएका छन् ।

एमाओवादीको केन्द्रीय कार्यालय र उम्मेदवार छनोट समितिको आज बिहान बसेको बैठकले सो नामावलीको टुङ्गो लगाएको हो । एमाओवादी केन्द्रीय कार्यालयका अनुसार नेता पोष्टबहादुर बोगटी नुवाकोट क्षेत्र नं ३ बाट उम्मेदवार बन्न लागेका छन् ।
एमाओवादी अध्यक्ष दाहाल अघिल्लो संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं १० बाट विजयी भएका थिए भने भट्टराई गोरखा क्षेत्र नं २ बाट । नेता बोगटी यसअघि पनि नुवाकोट क्षेत्र नं ३ बाटै विजयी भएका थिए ।

एमाओवादीले आज सेती–महाकाली राज्य समितिअन्तर्गतका अछाम, बैतडी, बझाङ, दार्चुला, डडेल्धुरा, बाजुरा र डोटी जिल्लाको उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । भेरी–कर्णाली राज्य समितिअन्तर्गत सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला जिल्लाको उम्मेदवारको नामावली पनि सार्वजनिक गरिएको छ ।

यस्तै तमुवान राज्य समितिको मनाङ, किरात राज्य समितिको सङ्खुवासभा, भोजपुर, खोटाङ र सोलुखुम्बु जिल्लाका उम्मेदवारहरुको नामावली पनि सार्वजनिक गरिएको छ । त्यस्तै लिम्बूवान राज्य समितिअन्तर्गतका ताप्लेजुङ र तेह्रथुम जिल्लाको उम्मेदवारको नामावली समेत आजै सार्वजनिक भएको छ ।

नामावली अनुसार पार्टी केन्द्रीय सदस्य एवम् सेती–महाकाली राज्य समिति संयोजक लेखराज भट्ट डोटी क्षेत्र नं २, केन्द्रीय सदस्य शक्तिबहादुर बस्नेत जाजरकोट क्षेत्र नं १ र पूर्व मन्त्री सत्या पहाडी डोल्पाको उम्मेदवार तोकिनुभएको छ । रासस

उम्मेदवारहरुको नामावली निम्नानुसार छ:


प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>