समाचारसोमबार, आश्विन १४, २०७०

समानुपातिकको दल दर्ता आज

हिमालखबर

समानुपातिक निर्वाचन प्रणालकिा लागि दलहरू १४ असोज विहान १० देखि ५ बजे भित्र दर्ता भईसक्नुपर्ने आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए । दर्ता नहुने दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन नपाउने व्यवस्था भएको राईले बताए ।

दर्ताका लागि निवेदन दिएका दलहरूको १५ असोजमा नामावली प्रकाशन तथा १६ असोजमा प्रकाशित सूचीमा नाम रहेका राजनीतिक दलले आफ्नो नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्ने प्रवक्ता राई बताउँछन् । १७ असोजमा समानुपातिक उम्मेदवारका लागि निर्वाचन चिन्ह प्रदान गरिने छ ।

१८ असोजमा दलहरूले उम्मेदवारहरुको बन्दसूचि प्रकाशिन गर्नुपर्ने छ भने २९ कार्तिकमा समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>