थप समाचारसोमबार, आश्विन १४, २०७०
निर्वाचनको विरोधमा माओवादीको मार्चपास
आफूलाई निर्वाचन विरोधि नभएको र निर्वाचनमा सहभागिताका लागि हदैसम्मको लचकता देखाएको दाबी गरिरहेको नेकपा–माओवादी सहित ऊ नेतृत्वको मोर्चाले वीरगञ्जमा ‘संविधान सभाको निर्वाचन बहिष्कार गरौं’ भन्ने नारा लगाउँदै मार्चपास गरेको छ ।
मार्चपासपछि आयोजित विरोधसभामा राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्द्र, नेकपा–माओवादी पोलिटव्यूरो सदस्य कूलप्रसाद केसी, केन्द्रीय सदस्य मनोजजंग थापा लगायतले सविधान सभाको निर्वाचन विदेशीको ईसारामा गर्न लागेको आरोप लगाउँदै निर्वाचन विथोल्ने धम्की दिएका थिए ।
बिम्मी शर्मा, वीरगञ्ज
