समाचारसोमबार, आश्विन १४, २०७०
नवप्रवेसीलाई ब्यवस्थापन गर्न चुनौतिः दाहाल
एमाओवादीमा अन्य पार्टीबाट आएका नेताहरुले उचित पद नपाएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका बेला १४ असोजमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नवप्रवेशी नेताहरुलाई ब्यवस्थापन गर्न चुनौति भए पनि क्षमता र योग्यताका आधारमा जिम्मेवारी दिने बताएका छन् ।
कार्यक्रममा अध्यक्ष दाहालले नेकपा एमालेका पूर्व सभासद विषमलाल अधिकारी र नेकपा संयुक्तका केन्द्रीय सदस्य मानबहादुर श्रीष, नेकपा मसालका लक्ष्मण शर्मालाई खादा र टिका लगाएर पार्टीमा प्रवेश गराएका थिए ।
अधिकारी अघिल्लो चुनावमा सिन्धुली क्षेत्र नम्बर १ मा एमालेका तर्फबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
