थप समाचारसोमबार, आश्विन १४, २०७०
हिमलुङ हिमालमा दुई शेर्पाको मृत्यु
सोलुखुम्बुका पेण्डी शेर्पा र ओखलढुङ्गाका काजी शेर्पाको हिमलुङ हिमाल आरोहणका क्रममा १३ असोजमा मृत्यु भएको हो । त्यसैगरी आरोहीमध्ये सोलुखुम्बु निवासी निमा पासाङ शेर्पा बेपत्ता भएका छन् । बेपत्ता शेर्पाको खोजीकार्य जारी छ ।
सात हजार १२६ मिटर उचाईको हिमलुङ आरोहणका क्रममा हिउँपहिरोमा परेर उनीहरुको ज्यान गएको हो ।
संचार सुविधासमेत नभएको फु गाविस पुग्न माथिल्लो मनाङबाट एक दिन हिँड्नुपर्ने स्थानीयले बताएका छन् ।
आरोहणका क्रममा घाईते भएका दोर्जे खत्री र कुलबहादुर थापालाई भने माउण्टेन एयरको हेलिकप्टरले उद्धार गरेको सदरमुकाम चामेबाट स्थानीय शिक्षक विपी लामाले जानकारी दिए । अष्ट्रिेलिया र नर्वेका नागरिकहरुसहितको टोलीमा गएका नेपाली शेर्पाहरुको निधन भएको हो ।
करिब ४१ जना रहेको उक्त टोलीका अन्य भने हिउँपहिरो आएपछि आधार शिविरमा फर्केका छन् ।
युवराज श्रेष्ठ, लमजुङ

