समाचारसोमबार, आश्विन १४, २०७०
एमालेले ३३ जिल्लाका ६१ उमेद्वार छान्यो
१४ असोजमा एमाले निर्वाचन विभाग प्रमुख अग्नि खरेलले दुर्गम, हिमाली, पहाडी र सुदूरपश्चिमका ३३ जिल्लाको उम्मेदवारी पत्र वितरण गरेका छन् ।
उपाध्यक्ष वामदेव गौतम बर्दिया १ र प्यूठान गरी दुई ठाउँबाट उठ्ने भएका छन् । सचिव शंकर पोखरेलले दाङ ४, पूर्वगृहमन्त्री तथा केन्द्रीय सदस्य भीमबहादुर रावलले अछाम १ बाट उम्मेदवार बन्ने भएका छन् ।
पोलिटब्युरो सदस्य प्रकाश ज्वाला सल्यान १, केन्द्रीय सदस्यहरू देवराज भार बाँके १, कर्णबहादुर थापा बाजुरा र राजेन्द्र गौतम संखुवासभाबाट उठ्ने भएका छन् । वैकल्पिक केन्द्रीय सदस्य शेरधन राई भोजपुर २ बाट उम्मेदवार हुने भएका छन् ।
एमालेले छनोट गरेका उम्मेदवारहरुमा कालिकोट– कुमारराज शाही, मुगु– मोहन बानियाँ, जुम्ला– पदबहादुर रोकाया, हुम्ला– दलबहादुर रावल, डोल्पा– धनबहादुर बूढा, बाजुरा– कर्ण थापा, अछाम १-भीमबहादुर रावल, अछाम २- भरत साउद, बझाङ १- मानबहादुर रावल, बझाङ २-लालबहादुर रावल, डोटी १- नारद मलासी, डोटी २-प्रेमबहादुर आले, दार्चुला– गणेशसिंह ठगुन्ना, डडेल्धुरा– डा तारा जोशी, बैतडी १- दामोदर भण्डारी, बैतडी २- महादेव भट्ट, बर्दिया १- वामदेव गौतम, बर्दिया २- पूर्ण शर्मा, बर्दिया ३- विष्णु चौधरी, बर्दिया ४- लोटनकुमार चौधरी, जाजरकोट १- डम्बरबहादुर सिंह, जाजरकोट २- कृष्णबहादुर थापा, दैलेख १- अमरबहादुर थापा, दैलेख २- लक्ष्मीप्रसाद पोखरेल, कञ्चनपुर १ – लालबहादुर विश्वकर्मा, कञ्चनपुर २- कृपाराम राना थारु, कञ्चनपुर, ३- नरबहादुर धामी, कञ्चनपुर ४- उर्वादत्त पन्त, म्याग्दी- नवराज शर्मा, रोल्पा १- हिमबहादुर रोका मगर, रोल्पा २- कुमार दशौंदी, दाङ १- रेवतीरमण शर्मा, दाङ २- शान्ता चौधरी, दाङ ३- लक्ष्मण आचार्य, दाङ ४- शंकर पोखरेल, दाङ ५- उत्तरकुमार वली छन् ।
त्यसैगरी, बाँके १- देवराज भार, बाँके २- दिनेशचन्द्र यादव, बाँके ३- पदम धिताल, बाँके ४- दलबहादुर सुनार, रसुवा- जनार्दन ढकाल, मनाङ– छिरिङ लोप्साङ, मुस्ताङ– चन्द्रमोहन गौचन, रुकुम १- खेममान खड्का, रुकुम २- खगेन्द्रप्रसाद पुरी, प्युठान १- वामदेव गौतम, प्युठान २- हीराबहादुर केसी, सल्यान १- गुलावजंग शाह, सल्यान २- प्रकाश ज्वाला, खोटाङ १- पाँचकर्ण पिके राई, खोटाङ २- विशाल भट्टराई, ताप्लेजुङ १- भुपेन्द्र थेवे, ताप्लेजुङ २- डम्बरध्वज तुम्बाहाम्फे, पाँचथर १- गणेश काङमाङ, पाँचथर २- डम्बरसिंह सम्बाहाम्फे, संखुवासभा १- हेमराज घिमिरे, संखुवासभा २- राजेन्द्र गौतम, तेह्रथुम– भवानी खापुङ, भोजपुर १- कृपासुर शेर्पा, भोजपुर २-शेरधन राई, सोलुखुम्बु– आङनिमा शेर्पाले पनि पार्टीका तर्फबाट उम्मेदवार दिने भएका छन् ।
