थप समाचारमंगलबार, आश्विन १५, २०७०
पार्टी कार्यकर्ताको धम्कीपछि उम्मेदवारी फिर्ता
“आफ्नै पार्टी कार्यकर्ताबाट काठमाडौँमा घर घेरेको र चुनाव हराउने धम्की आएपछि मैले चुनाव हार्नुभन्दा जित्ने मान्छेलाई दिनु भनेर टिकट फेर्ता गरेँ,” नेपाली कांग्रेस बाजुराका नेता एवम् पूर्व सभासद देवराज जोशीले भने ।
जोशीले अगाडि भने, “राति केटाहरूलाई घेर्न लगाउने र चुनाव हराउँछु भन्ने सहकर्मी पदमबहादुर शाही र पार्टी सचिव धनराज पण्डितले खुला विरोध गरेपछि मलाई नैतिक रूपमा टिकट लिइरहन ठीक लागेन र फिर्ता गरेँ तर जसले टिकट पाए पनि म सहयोग गर्छु ।”
उनी २०४८ को आम निर्वाचनमा भारी मत ल्याएर विजयी भएका थिए भने २०६४ को संविधानसभा चुनावबाट पनि कांग्रेसको तर्फबाट प्रत्यक्ष उम्मेदवार भएर जितेका थिए ।
२५ असार २०५८ मा तत्कालीन माओवादीले उनलाई अपहरण गरी ८२ दिनसम्म कब्जामा राखेको थियो ।
रासस

