समाचारमंगलबार, आश्विन १५, २०७०

‘कांग्रेस-प्रत्यक्षतर्फका उम्मेदवारको टुङ्गो लाग्यो’

हिमालखबर

“झन्डै पाँच निर्वाचन क्षेत्रबाहेक सबै उम्मेदवारको नामावली टुङ्गो लागेको छ, बाँकी केही क्षेत्रको पनि छिट्टै टुङ्गो लाग्छ,” नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै महामन्त्री सिंहले भने ।

१५ असोज बिहान बसेको संसदीय समितिको बैठक प्रत्यक्षतर्फको उम्मेदवार टुङ्गो लगाउन रातभर बसेको थियो ।

“उम्मेदवार चयन गर्दा सकेसम्म निर्वाचन क्षेत्रमा खटेको, लोकप्रिय र जनाधार भएको व्यक्तिलाई प्राथमिकता दिइएको छ,” सिंहले भने । उनले समानुपातिकतर्फका ३३५ उम्मेदवारको छनोट प्रक्रिया पनि बढिरहेको जानकारी गराउँदै अब तत्कालै संसदीय समितिको बैठक बस्न लागेको जानकारी दिएका थिए ।

प्रत्यक्षतर्फको नामावली टुङ्गो लागेका जिल्लाका उम्मेदवारले बिहानदेखि पार्टी केन्द्रीय कार्यालयबाट मनोनयनपत्र लाने क्रम शुरु भएको छ । त्यसका लागि दिउँसोसम्म सयभन्दा बढी उम्मेदवारले आफ्नो मनोनयनपत्र लगिसेकेको र अझै मनोनयपत्र बुझ्नेक्रम जारी छ ।

उम्मेदवारको नामावलीमा नपरेका नेता तथा कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय बाहिर असन्तुष्टि जनाउँदै नारा लगाइरहेका छन् ।

संसदीय समितिका प्रवक्ता एवम् महामन्त्री कृष्णप्रसाद सिटौलाले यसअघि प्रत्यक्षतर्फका उम्मेदवारको नामावलीको अन्तिम टुङ्गो लागेपछि पत्रकारसम्मेलन गर्ने जानकारी दिए पनि अझै त्यो हुन सकेको छैन ।

———————————————————————————————————————————
कांग्रेसले काठमाडौंमा उम्मेदवारको टुंगो लगायो
नेपाली कांग्रेसले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार टुंगो लगाएको छ ।

मंगलबार , १५ असोज २०७० २:२५ पम

नेपाली कांग्रेसले चर्चित युवा नेता गगन थापालाई काठमाडौं-४ बाट उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीकाबारेमा यसअघि केही विवाद समेत भएको थियो ।

त्यसैगरी कांग्रेसले क्षेत्र नं. १ मा प्रकाशमान सिंह, २ मा प्रतिमा गौतम, ३ मा चक्र ठकुरी ४ मा गगन थापा, ५ मा नरहरि आचार्य, ६ मा भिमसेनदास प्रधान, ७ मा प्रमिलासिंह डंगोल, ८ मा नविन्द्रराज जोशी, ९ मा ध्यानगोविन्द रञ्जित र १० नं. क्षेत्रबाट राजन केसीलाई उम्मेदवार बनाउने औपचारिक घोषणा गरेको छ ।

काठमाडौंबाट पार्टीले टिकट दिएकामध्ये गगन थापा र प्रतिमा गौतमबाहेक सबैजना यसअघि पनि सम्बन्धित क्षेत्रबाट उम्मेदवार भैसकेकाहरु हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>