समाचारमंगलबार, आश्विन १५, २०७०
खुमबहादुरले भने, ‘शीला चुनाव लड्दिनन्’
१५ भदौमा विज्ञप्ति जारी गर्दै शीलाका पति एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले आफ्नी पत्नीले आगामी संविधान सभा सदस्यका लागि पार्टीबाट पाएको उम्मेदवारी फिर्ता गरेको बताएका छन् ।
भ्रष्टाचारको आरोपमा हाल जेलमा रहेका खड्काले नेपाली कांग्रेसकातर्फबाट उम्मेदवारी दिने सन्दर्भमा देशव्यापी रुपमा भेदभाव गरिएको र वीपी कोइरालाको विचारसँग वर्षौंदेखि प्रतिवद्ध कार्यकर्ताहरुलाई वञ्चित गरिएको आरोप लगाएका छन् ।
उनले सबै कार्यकर्ताहरुलाई पार्टीभित्रै रहेर संघर्ष गर्न पनि आह्वान गरेका छन् ।
खुमबहादुर खड्का जेलमै रहे पनि आगामी संविधान सभा सदस्यको निर्वाचनमा आफू पक्षधरलाई टिकट दिलाउन लविङ गरेका थिए । अहिलेसम्म राजनीतिमा नलागेकी शीलालाई कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवार बनाउने भएपछि पार्टीभित्रै विरोध भएको थियो ।

