समाचारमंगलबार, आश्विन १५, २०७०

अब निर्वाचन रोकिन्नः अध्यक्ष रेग्मी

हिमालखबर

तस्वीर: रासस

न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ६८ औँ महासभामा सहभागी भई १५ असोजमा स्वदेश फर्केका मन्त्रिपरिषद अध्यक्ष रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकारसम्मेलनमा निर्वाचन हुनेमा दुविधा र शङ्का नलिन आग्रह गरे ।

उनले पूर्ण प्रतिबद्धता र निश्चितताबाट निर्वाचनका सम्पूर्ण प्रक्रिया अघि बढिसकेकाले सानातिना कुराले निर्वाचनलाई असर नतुल्याउने, बरु ती आफैँ हट्दै जाने दाबी गरे । “अब दुई दिनमा मनोनयन प्रक्रिया अघि बढ्छ, कुनै घटनाक्रम त्यस्तो छैनन् की जसले निर्वाचन नहोस्,” रेग्मीले भने ।

अध्यक्ष रेग्मीले संविधानसभा र संविधान निर्माण सामाजिक रूपान्तरण र दायित्वको प्रश्नका रूपमा खडा भएको बताए ।

महासभामा सम्बोधन गर्ने क्रममा आफूले आगामी संविधानसभा निर्वाचनलाई सफल बनाउन वर्तमान सरकार प्रतिबद्धताका साथ क्रियाशील रहेको विषयलाई उच्च प्राथमिकताका साथ उठाएको रेग्मीले बताएका थिए ।

महासभामा सहभागी हुने क्रममा रेग्मीले संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मून भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>