थप समाचारबुधबार, आश्विन १६, २०७०

विराटनगरबाट हतियारका कारोबारी पक्राउ

हिमालखबर

भारत पथरदेवा–२ नरपतगन्जका अब्दुल कादिर र सुनसरी साहेवगञ्जका–५ का अर्जुन साहलाई हतियारसहित प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । कादिरसँगबाट ‘मेड इन चाइना’ लेखिएको स्वचालित पिस्तोल र म्याग्जीन साथै साहका साथबाट ‘मेड इन अमेरिका’ लेखिएको स्वचालित पिस्तोल र पाँच राउन्ड गोली लोड भएको म्याग्जीन सहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरु दुवैबाट एक एक थान मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुवै जना हतियारका कारोबारी भएको मोरङ प्रहरीले दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार निर्वाचनको समयमा आपराधिक क्रियाकलाप हुन नदिन प्रहरीले चालेको अभियानका क्रममा दुवैलाई पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>