समाचारबुधबार, आश्विन १६, २०७०

निर्वाचनको सशक्त बहिस्कार गर्ने माओवादी निर्णय

हिमालखबर

नेकपा–माओवादीले पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्न पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्यले आफ्नो पार्टीलाई चार दलका शीर्ष नेता र सरकारले निर्वाचनबाट बाहिर राख्ने षडयन्त्र गरेको आरोप लगाउँदै निर्वाचन बहिस्कारको आन्दोलनलाई प्रभावकारी रुपमा अगाडि बढाउनुको विकल्प नभएको बताएका छन् ।

अध्यक्ष वैद्यले निर्वाचनविरोधी आन्दोलनमा हस्तक्षेप भए सशक्त प्रतिकार गरिने त्यसको परिणाम अहिले नै भन्न नसकिने धम्की समेत दिए । सम्मेलनमा जारी विज्ञप्तिमा सुरक्षा निकायहरुलाई दमनमा नउत्रन र सार्वभौमिकताका लागि अगाडि बढ्न आग्रह गर्ने निर्णय गरिएको उल्लेख छ ।

सरकार र चारदलसँगको वार्ता प्रक्रिया अन्त्य भएको जानकारी दिंदै अध्यक्ष वैद्यले बाह्य शक्तिको चलखेलमा लागेर चार दल र सरकारले वार्ता प्रक्रिया अन्त्य गरेको आरोप समेत लगाए ।

विज्ञप्तिमा माओवादीले विदेशी कूटनीतिज्ञहरुलाई पनि जथाभावी वक्तव्यवाजी नगर्न आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>