समाचारबुधबार, आश्विन १६, २०७०

भुवन केसीको उम्मेदवारी फिर्ता लिइयो

हिमालखबर

नेकपा एमालेले संविधान सभा सदस्य निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवार चयन गरेका भुवन केसीको उम्मेदवारी फिर्ता लिई विद्या न्यौपानेलाई नयाँ उम्मेदवार छनोट गरेको छ ।

एमालेका क्षेत्रीय नेताहरुको चर्को दबावपछि नेकपा एमालेले नायक केसीको टिकट फिर्ता लिई न्यौपानेलाई टिकट दिएको हो । एमाले संसदीय विभाग प्रमुख अग्नि खरेलले काठमाडौं १ मा विद्या न्यौपानेलाई टिकट दिने पार्टी स्थायी समितिले निर्णय गरेको जानकारी दिएका छन् ।

२०४८ मा एमाले नेता मदन भण्डारीले तत्कालीन प्रधानमन्त्री कांग्रेसका कृष्णप्रसाद भट्टराईलाई हराएपछि काठमाडौं १ बाट एमालेले जित्दै आएको थियो । तर, गत संविधान सभाको निर्वाचनमा भने कांग्रेसका प्रकाशमान सिंहले उक्त क्षेत्रबाट निर्वाचन जितेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>