थप समाचारबिहीबार, आश्विन १७, २०७०

जनकपुरमा देवरद्वारा भाउजुको हत्या

हिमालखबर

जनकपुर नगरपालिका– १३ पिडारीस्थित रानी टोलकी ३५ वर्षीया पुनमदेबीलाई उनकै देवर नागेन्द्र राउतले बिहान ४ बजे सुतिरहेको अवस्थामा हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

५ छोराछोरीकी आमा पुनमका श्रीमान बैदेशिक रोजगारमा छन् । मृतकको शव पोष्टमार्टमका लागि अञ्चल अस्पताल जनकपुरमा राखिएको छ ।

घाँटीमा धारिलो हतियार प्रहारबाट घाइते भएकी पुनमलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लग्दै गर्दा मृत्यु भएको हो । हत्याका अभियुक्त राउत भने फरार भएका छन् ।

घरायसी विवादले उत्तेजनामा आई आफ्ना पतिले भाउजुको हत्या गरेको हुनसक्ने राउतकी श्रीमतिले बताएकी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>