समाचारबिहीबार, आश्विन १७, २०७०
‘मिति सारेरै भए पनि माओवादीलाई ल्याउनु पर्छ’
कांग्रेस महांकाल गविसले काठमाडौमा १७ असोजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गगन थापाले नेकपा–माओवादीलाई मिति सारेर भए पनि निर्वाचनमा ल्याउने प्रयास जारी राखिनुपर्ने बताएका छन् ।
कांग्रेसका तर्फबाट काठमाडौं ४ नं निर्वाचन क्षेत्रका उम्मेदरवार तथा पार्टी केन्द्रीय सदस्य थापाले युद्धमा संलग्न पक्षलाई मनाउन कांग्रेस नै जिम्मेवार भई अतिरिक्त प्रयास गर्नुपर्ने जिकिर गरे ।
एक प्रसङ्गमा उनले राजनीतिक पार्टीहरुले युवा पुस्तालाई जिम्मेवारी दिनुपर्ने माग गर्दै आफूले सधै नैतिक एवम् सकारात्मक राजनीतिमा विश्वास गरेको तथा शान्तिपूर्ण परिवर्तनको बाहक भई काम गरिहेको दाबी गरे ।
कार्यक्रममा स्थानीय समाजसेवी रामप्रसाद कार्कीलाई सम्मान गरिएको थियो ।
