थप समाचारबिहीबार, आश्विन १७, २०७०

लालु यादवलाई ५ वर्षको कैद सजाय

हिमालखबर

भारतको राँचीस्थित सीबीआई विशेष अदालतले भारतको सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई आपराधिक षडयन्त्रको दोषि भन्दै ५ वर्ष कैद सजाय र २५ लाख जरिवानाको फैसला सुनाएको छ ।

त्यही मुद्दामा बिहारकै पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्र र जनता दल युनाइटेडका सांसद जगदीश शर्मालाई चार वर्ष कैद सजाय सुनाइएको छ । मिश्रलाई २ लाख र शर्मालाई ५ लाख जरिवान तोकिएको छ ।

दुई वर्षभन्दा धेरैको कैद सजाय पाएपछि लालुप्रसाद यादव र जगदीश शर्माको संसद सदस्यता समेत रद्द हुने भएको छ । दुवै जना जेलबाट रिहा भएको ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन पाउने छैनन् ।

लालु लगायतका राँचीस्थित बिरसा मुंडा जेलमा रहेका अभियुक्तहरुले भिडियो कन्फेन्सिङमार्फत अदालतको कार्वाही हेरेका थिए ।

लालु यादव भ्रष्टाचारी ठहर, जेल चलान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>