समाचारबिहीबार, आश्विन १७, २०७०
एमाले सचिव पौडेल नवलपरासीबाट नउठ्ने
रुपन्देही क्षेत्र नं ४ र नवलपरासी क्षेत्र नं ३ का लागि पार्टीबाट टिकट पाएका एमाले नेता विष्णुप्रसाद पौडेललाई रुपन्देहीका कार्यकर्ताले रुपन्देहीबाट मात्रै निर्वाचन लड्न दबाब दिएपछि उनले नवलपरासीबाट उम्मेदवारी नदिने निर्णय गरेको रुपन्देही निर्वाचन क्षेत्र नं ४ का इन्चार्ज गोपाल रानाले जानकारी दिएका छन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा पौडेल रुपन्देही ४ बाटै विजयी भएका थिए ।
पौडेलले छोडेपछि नवलपरासी ३ बाट एमाले जिल्ला नेता कृष्ण पौडेलले उम्मेदवारी दिने भएका छन् ।
