समाचारबिहीबार, आश्विन १७, २०७०
सुप्रभा घिमिरे गगनको विरुद्धमा
कांग्रेसले काठमाडौं–४ बाट प्रत्यक्षतर्फको उम्मेदवारीको टिकट गगन थापालाई दिएपछि असन्तुष्ट भई पार्टी त्यागको घोषणा गरेकी पूर्वसभासद सुप्रभा घिमिरेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।
उम्मेदवारी मनोनयन दर्ता गरेपछि घिमिरेले पार्टीले अन्याय गरेकाले स्वतन्त्र हैसियतले उम्मेदवारी दिएको बताइन् । उम्मेदवारी दर्तापछि उनले एमालेका सोही क्षेत्रका उम्मेदवार निर्मल कुइँकेल र एमाओवादीका उम्मेदवार नन्दकिशोर पुनसँग भलाकुसारी गरेकी थिइन् ।
